
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेट भएको छ । राजदूत सोङ गृहमन्त्री श्रेष्ठलाई भेट्न सोमबार बिहान गृहमन्त्रालय पुगेका हुन् ।
गृह स्रोतले भेटका क्रममा द्वीपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण आदन–प्रदान, चिनियाँ परियोजना, तिब्बती शरणार्थीका गतिविधिका विषयमा छलफल भएको जनाएको छ । समसामयिक राजनीतिक अवस्थाका बारेमा समेत राजदूत सोङले चासो राखेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij