Logo

Apr 25 2025 | २०८२, वैशाख १२ गते

Apr 25 2025 | २०८२, वैशाख १२ गते

नेप्से सूचक १९ अंकले घट्यो

नेप्से सूचक १९ अंकले घट्यो

  • काठमाडौं । साताको पहिलो कारोबार दिन नै नेप्से सूचक दोहोरो अंकले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १९.१२ अंकले घट्दै १८ सय ५०.६१ अंकको विन्दुमा झर्न पुगेको हो । 

    images
    images
    images

    उसो त यस दिन कारोबार रकम समेत घटेर ६० करोडमा झर्न पुगेको छ । १९ अंकमाथिले नेप्से सूचक घटेको बजारमा आज जम्मा ६० करोड ८१ लाख ३५ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । 

    गत साताको अन्तिम कारोबार दिन बिहीबार १२ अंकले नेप्से बढ्दै गर्दा ७३ करोड २६ लाख ८९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

    आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक २.०४ प्रतिशतले घटेको छ भने होटल तथा पर्यटन समूहको उपसूचक १.७९ प्रतिशतले, फाइनान्स समूहको उपसूचक १.२१ प्रतिशतले र माइक्रोफाइनान्स समूहको उपसूचक १.२४ प्रतिशतले घटेको छ । 

    आज आन्तमनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.२२ प्रतिशतले बढेको छ भने एनएमबी डिभेन्चरको मूल्य ८.८३ प्रतिशतले घट्न पुगेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij