Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

शेयर बजार ९ अङ्कले घट्याे

शेयर बजार ९ अङ्कले घट्याे

  • काठमाडाैं । शेयर बजार आज बुधवार पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज नाै दशमलव ४१ अङ्कले घटेर एक हजार आठ सय ५७ विन्दुमा झरेको छ । उत्पादन र म्युचल फन्ड समूहको शेयर सामान्य बढे पनि आज अरू सबै समूहको शेयर घटेको छ । बजारसँगै कारोबार रकममा पनि दिनदिनै कमी आउन थालेको छ ।

    images
    images
    images

    आज दुई सय ६५ वटा कम्पनीका २१ लाख ५५ हजार कित्ता शेयर ६२ करोड दुई लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको तीन करोड पाँच लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज साञ्जेन जदविद्युत् कम्पनी, मन्दाकिनी हाइड्रो, पिपुल्स पावर र सगरमाथा जलविद्युत् कम्पनीको शेयर साढे तीन प्रतिशतभन्दा धेरेले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन आज आत्मनिर्भर लघुवित्त कम्पनीको शेयर छ प्रतिशत र श्वेतगङ्गा हाइड्रोको शेयर साढे पाँच प्रतिशतले बढेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij