
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । नेपाली क्रिकेट टिमलाई एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेकोमा प्रहरी महानिरीक्षकले बधाई दिएका छन् । आईजीपी वसन्त कुँवरले सामाजिक सञ्जाल मार्फत बधाई दिएका हुन् ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा नेपालले चिर प्रतिद्वन्द्वी युएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै उपाधि चुमेको छ । जितसँगै पाकिस्तानमा आयोजना हुने एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले स्थान बनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij