Jun 11 2026 | २०८३, जेठ २८ गते
काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को संचालक समितिमा रत्नराज्य बज्राचार्य नियुक्त भएका छन् ।
वैशाख १७ गते बसेको बैंकको संचालक समितिको बैठकले बैंकमा रिक्त रहेको संस्थापक समूह तर्फको संचालक पदमा बैंकका संस्थापक शेयरधनी ग्लोबल आइएमई बैंकको तर्फबाट बज्राचार्यलाई सोही मितिदेखि नै लागू हुनेगरी नियुक्त गरेको हो ।
साथै आफ्नो व्यक्तिगत कार्य व्यस्तताको कारणले संचालको रुपमा रही जिम्मेवारी बहन गर्न असमर्थता जनाउँदै बैंकका संचालक समिति सदस्य सुमन पोखरेलले संचालक पदबाट दिएको राजिनामा स्वीकृत गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij