
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । नेपाल धितोपत्र बोर्डले १६ वटा ब्रोकर कम्पनीलाई आशयपत्र (एलोआई) दिने निर्णय गरेको छ । आज बिहान बसेको बोर्डको संचालक समितिको बैठकले १६ वटालाई आशयपत्र दिने निर्णय गरेको जनाइएको छ ।
६ माहिनाभित्र बोर्डले तोकेको मापदण्ड अनुसार ती १६ कम्पनीले भौतिक पुर्वाधार निर्माण गरिसक्नु पर्नेछ । त्यसपछि मापदण्ड पूरा गरी पुर्वाधार निर्माण गरेकालाई अनुमति पत्र दिइनेछ ।
नबिल सेक्युरिटिज, मेघा स्टक मार्केट, हिमालयन ब्रोकेज कम्पनी, सीबिआईएल सेक्युरिटिज, केबीएल सेक्युरिटिज, एनएमबि सेक्युरिटिज, आरविवि सेक्युरिटिज, सानिमा सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिज, सन् सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज,भोले गणेश सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज र आकाश भैरव सेक्युरिटिज आशय पाउने कम्पनी हुन् ।
धितोपत्र दलालका लागि ४५ वटाको आवेदन परेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij