
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । बझाङमा यार्सागुम्बा टिप्न गएका एक जनाको मृत्यु भएको छ ।
आइतवार साँझ चिसोले कठ्यांग्रिएर बिरामी परेपछि घर ल्याउने क्रममा सुर्मा गाँउपालिका–३ सौनगाँउका कलक बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।
दार्चुला र बझाङका अधिकांश मानिसहरु अहिले यार्सागुम्बा टिप्न लेकतिर गएका छन् । पछिल्लो समय यार्सागुम्वा यहाँका मानिसहरुका लागि आयआर्जनको स्रोत बनेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij