Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सेयर बजार सुधारको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सेयर बजार सुधारको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

  • काठमाडाैं । सेयर बजारका लगानीकर्ताहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन्। लगानीकर्ताहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरी पुँजी बजार सुधारका लागि विभिन्न मागहरु प्रस्तुत गरेका हुन् ।

    images
    images
    images

    उनीहरुले खुला रुपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ती कार्यान्वयन गर्न माग गरेका छन् । सोमबार नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजी बजार लगानीकर्ता संघका प्रतिनिधिहरुको टोलीले अर्थमन्त्रीलाई भेटेका हुन् । 

    यस्तै, लगानीकर्ताले सेयर धितो कर्जामा कायम रहेको १२ करोड रुपैयाँको सीमा खारेज र १५० प्रतिशत पुर्याइएको जोखिम भारित औसतलाइ १०० प्रतिशत नै कायम गर्नुपर्ने माग राखेका छन् । 

    यता, अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ३ प्रतिशत मात्र पुँजीगत लाभकरको व्यवस्था गर्नुपर्ने माग पनि रहेको छ । साथै, बैंक ब्याजदरलाई पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिन र तरलता समस्याको समाधान गर्ने व्यवस्था तत्काल मिलाइदिन पनि लगानीकर्ताहरुले अर्थमन्त्री डा. महतसँग अनुरोध गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij