Jun 30 2026 | २०८३, असार १६ गते
काठमाडौं । शिव श्री हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । गत बिहिबार बसेको कम्पनीको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीबाट १:१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको हो ।
कम्पनीले हकप्रद निष्काशनका लागि विद्युत नियमन आयोगबाट स्वीकृत लिई आगामी साधारण सभामा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पेश गर्ने जनाएको छ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij