Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

रुसी हवाई आक्रमणमा ५ जनाको मृत्यु

रुसी हवाई आक्रमणमा ५ जनाको मृत्यु

  • युक्रेनको राजधानी कीभलगायतका सहरमा भएको रुसी हवाई आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । डिनिप्रो शहरमा एक महिला र तीन वर्षका एक बालकको मृत्यु भएको स्थानीय मेयरले जनाएका छन् । 

    images
    images
    images

    त्यस्तै अधिकारीहरूले उमानमा आवासीय भवनहरूमा क्षेप्यास्त्रहरू प्रहार गर्दा तीन जनाको मृत्यु भएको बताएका छन् । क्रेमेन्चुक र पोल्टाभा सहरहरूमा पनि विस्फोट भएको इन्टरफ्याक्स समाचार एजेन्सीले जनाएको छ ।  

    वायु रक्षा प्रणालीद्वारा कीभमा ११ मिसाइल र दुई  ड्रोनहरू खसालेको अधिकारीहरूले दाबी गरेका छन् । राजधानीमा ५१ दिनमा पहिलो पटक रुसी मिसाइल आक्रमण भएको कीभ सहरका सैन्य प्रशासन प्रमुखले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij