Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

अजरबैजान पुर्याएर ठगी गरेको अभियोगमा एक जना पक्राउ

अजरबैजान पुर्याएर ठगी गरेको अभियोगमा एक जना पक्राउ

  • काठमाडौँ । अजरबैजान पुर्‍याई ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । दाङको लमही नगरपालिका–५ बस्ने भीमजंग रसाइली भनिने २५ वर्षीय भिमकुमार सुनारलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

    images
    images
    images

    अजरबैजानको होटलमा मासिक ७ सय डलर तलब हुने कामको लागि पठाइ दिन्छु भन्दै सुनारले ८ लाख ५० हजार रूपैयाँ लिएर एक जनालाई अजरबैजान पुर्‍याएका थिए ।

    ५ महिनासम्म अलपत्र पारेर ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij