काठमाडौँ । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको थियो ।
राष्ट्रिय सभा अध्यक्षका प्रेस सल्लाहकार दुर्गा प्रसाद शर्माले विशेष कारणवश आजको बैठक स्थगित भएको र भोलि बैशाख १५ गते अपराह्न ४ बजे सो बैठक बस्ने जानकारी दिएका छन् ।