Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ललितपुरमा १५ र ३१ गते वालबालिकालाई खोप लगाइने

ललितपुरमा १५ र ३१ गते वालबालिकालाई खोप लगाइने

  • ललितपुर । ललितपुर जिल्लामा खोप लगाउन छुटेका वालबालिकालाई दुई दिन विशेष खोप कार्यक्रम हुने भएको छ।  बुधबार स्वास्थ्य कार्यालय ललितपुरमा बसेको जिल्ला पूर्ण खोप समन्वय समितिको बैठकले आगामी बैशाख १५ र ३१ गते खोप लगाउन छुटेका ५ वर्षमुनिका वालबालिकालाई खोप सञ्चालन गर्ने निर्णय गरेको हो।

    onlinepatrika
    Arghakhachi

    खोप कार्यक्रम ६ वटै पालिकाका ७१ वटै वडा र केही सार्वजनिक स्थानको खोप केन्द्रबाट हुने पूर्ण खोप समन्वय समितिका सदस्यसचिव तथा  स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. अर्जुन सापकोटाले जानकारी दिए।

    AGNI GROUP

    यसअघि विभिन्न कारणले खोप लगाउन छुटेका सबै वालबालिकालाई दुईदिनको विशेष अभियानमा समेट्न जिल्लाका सबै संयन्त्र परिचालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए।

    विशेष खोप कार्यक्रमका लागि पाटन अस्पतालले दुईदिन नै विशेष बुथ राख्ने भएको छ। 
    २०७४ बैशाख १४ गते ललितपुर जिल्ला पूर्ण खोप लगाएको जिल्ला घोषणा भएको स्वास्थ्य कार्यालय ललितपुरका अधिकृत पार्थमणि न्यौपानेले जानकारी दिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij