
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा अन्तिम बहस सुरु भएको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा सोमबार बहस सुरु भएको हो ।
सुरुमा सरकारी वकिलको तर्फबाट बहस हुनेछ । त्यसपछि जाहेरवालाको तर्फबाट उपस्थित कानुन व्यवसायीहरूको बहस गर्ने र अन्तिममा सन्दीपका कानुन व्यवसायीले बहस गर्ने छन् ।
लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ । भदौ २१ मा नाबालिगका तर्फबाट प्रहरीमा जाहेरी परेको थियो ।जिल्ला अदालतले कात्तिक १८ गते थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
जिल्लाको आदेशविरुद्ध सन्दीप उच्च अदालत पाटन पुगेका थिए । उच्च अदालतले सन्दीपलाई विदेश जान नपाउनेसहित विभिन्न सर्त राखेर २० लाख धरौटीमा रिहा गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij