
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । लुम्बिनी विकास बैंकले १ अर्ब रुपैयाँको ऋणपत्र निष्कासनको अनुमति पाएको छ । लुम्बिनी विकास बैंकलाई नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘एलबीबीएल डिबेन्चर–२०८९’ निष्कासन गर्न अनुमति दिएको हो ।
अब लुम्बिनी विकास बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ भएको ऋणपत्र बिक्री खुला गर्नेछ । जसमध्ये बैंकले ६ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ४ लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ ।
यो ऋणपत्र १० वर्षे अवधिको हो । यसमा लगानीकर्ताले वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन् । यो ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij