
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । आज काठमाडौंसँगै पहाडी भूभागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। देशका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ भने तराईका थोरै स्थानमा हावा-हुरीको सम्भावना छ।
त्यस्तै, आज राति लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का र क्षणिक वर्षाको सम्भावना महाशाखाले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij