
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा मतदानमा विवाद भएपछि प्रहरीले लाठी चार्ज गरेको छ । नवकिरण कमलकुसुम माध्यमिक विद्यालय मतदान केन्द्रमा रास्वपाका उम्मेदवार रवि लामिछानेका कार्यकर्ता र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद हुँदा प्रहरीले लाठीचार्ज गरेको हो ।
विवाद बढ्दै जाँदा झडप हुने अवस्था आएपछि भिड नियन्त्रण गर्न लाठीचार्ज गरिएको प्रहरीले जनाएको छ । प्रहरीले केही कार्यकर्तालाई पक्राउसमेत गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij