Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । एसीसी प्रिमियर कपको आफ्नो दोस्रो खेलमा विकेट लिएसँगै सन्दीपले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो १०० रन पूरा गर्ने पहिलो खेलाडी बनेका छन्।
सन्दीपले १३ औं ओभरको तेस्रो बलमा अदिल शफिकलाई १३ रनमा एलबीडब्लू आउट गर्दै एक दिवसीय क्रिकेटकै दुर्लत कीर्तिमान बनाएका हुन् । सन्दीपले ४२ खेलमा १ सय विकेट पूरा गरेका छन् ।
यसअघि ओडिआईमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा थियो । उनले ४४ खेलमा १ सय विकेट पूरा गरेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij