
Apr 14 2025 | २०८२, वैशाख १ गते
काठमाडौँ । भक्तपुरमा मध्यराति ताला फोडेर सहकारी चोरी गर्दागर्दै १ जना पक्राउ परेका छन् । धादिङको भुमेस्थान गाउँपालिका–३ ढाकरेका ५६ वर्षीय शुत्रबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटार धन्सारचोकमा रहेको प्रकाशजंग थापाको घरमा रहेको सहकारी ताला तोडेर चोरी हँदै गरेको भन्दै प्रहरीमा खबर आएको थियो ।
सो खबरपछि तत्कालै प्रभाग सिरुटारबाट खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो । सहकारीभित्र प्रवेश गरेर चोरी गर्न लाग्दै गर्दा तामाङ पक्राउ परेका हुन् । अन्य ३ जना भने फरार भएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij