Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

राष्ट्रिय सहकारी बैंकले घटायो ब्याजदर

राष्ट्रिय सहकारी बैंकले घटायो ब्याजदर

  • काठमाडौँ । राष्ट्रिय सहकारी बैंक (एनसीबीए) ले ब्याजदर घटाएको छ । शुक्रबारदेखि लागू हुनेगरी बैंकले बचत र कर्जा दुबैको ब्याजदर घटाएको हो । 

    images
    images
    images

    बैशाख ८ गते शुक्रबारदेखि साधारण बचत, सुपर बचत, एनसीबीएल बचत खाता, एनसीबीएल प्रिमियम बचत खाता, अनिवार्य नियमित बचत, क्रमिक बचत र मुद्दती निक्षेपमा ४.२५ प्रतिशतदेखि ११.७५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने बैंकले जनाएको छ ।

    त्यस्तै बैंकले कृषि तथा परियोजना कर्जा, मौसमी कर्जा, पर्यटन, घर घडेरी खरिद तथा भवन निर्माण कर्जा र उत्पादन प्रशोधन लगायतको शीर्षकमा १०.५० प्रतिशतदेखि १३.२५ प्रतिशतसम्म ब्याजदर लिने जनाएको छ । 

    यसअघि सहकारी बैंकले मुद्दती निक्षेपमा अधिकतम १३.५० प्रतिशत ब्याजदर प्रदान गरेको बैंकले कर्जामा १४ प्रतिशतसम्म ब्याजदर कायम गरेको थियो । राष्ट्रिय सहकारी बैंकले झण्डै एक वर्षपछि नयाँ ब्याजदर कायम गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij