Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दंग १३ डीआईजी 

दंग १३ डीआईजी 

  • काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले हालै पदोन्नति भएका १३ जना डीआईजीलाई नेपाल प्रहरी प्रधान कार्यालयमा बिहिबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह (फूली) प्रदान गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उपप्रधान तथा गृहमन्त्रीको बुधबारको निर्णयअनुसार एसएसपीबाट डीआईजीमा पदोन्नति भएका कुबेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्रप्रसाद मैदानी, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाललाई प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

    AGNI GROUP

    समारोहमा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका डीआईजीहरूलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्नको निम्ति सफल हुने विश्वास समेत व्यक्त गरे ।

    कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij