
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । बाँकेको नेपालगन्जबाट करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जना पक्राउ परेका छन् ।
नेपालगन्जको न्युरोडस्थित एक होटेलबाट ४.९२७ किलोग्राम सुनका विभिन्न गहनासहित उनीहरूलाई पक्राउ गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट सुनका चुरा, ब्रासलेट, मंगलसुत्र, बाला, ढुंग्री, औँठीलगायत सुनका गहना बरामद गरेको छ ।
बाँके प्रहरीले आज अपराह्न यस विषयमा विस्तृत जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको छ । गरगहना झोलामा राखेर हिँडिरहेको सुराकीका आधारमा ती दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij