काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १०८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ । ७७८ जनाको पीसीआर परीक्षणबाट ५५ जना र एन्टिजेनबाट ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस अवधिमा ६६ जना कोरोनामुक्त भएका छन् । हाल देशमा ३८६ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।