
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौैँ । ग्लोबल आइएमई बैंकको ५ लाख कित्ता सेयर आजबाट बिक्रीमा राखिएको छ । संस्थापक सेयरधनी कुनाल कयालको नाममा रहेको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको हो ।
हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्र यो सेयरमा खरिद आवेदन दिन पाउनेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३५ रुपैयाँ तोकिएको छ । अर्थात खरिद आवेदन पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।
सेयर खरिदका लागि आवेदन दिन ३५ दिनको म्याद दिइएको छ । बैंकका अनुसार तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम अन्य सर्वसाधारण तथा संस्थाका लागि बिक्री खुला गरिनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij