
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौैँ । लुम्बिनी विकास बैंक लिमिटेडले नायब प्रमुख कायकारी अधिकृतमा सुमन आचार्यलाई नियुक्त गरेको छ । वैशाख ३ गतेदेखि लागू हुने गरी बैंकले आचार्यलाई नियुक्त गरेको हो ।
आचार्यले त्रिभुवन विश्वविद्यालयबाट एमबिएसम्मको उच्च शिक्षा हासिल गरी विभिन्न समयमा विभिन्न वाणिज्य बैंकहरूका उच्च व्यवस्थापनमा संलग्न रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै २२ वर्षभन्दा बढीको कार्य अनुभव हासिल गरेको जनाइएको छ ।
आफ्नो बैंकिङ करिअर सन् २००० मा साबिक नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडबाट व्यवस्थापन प्रशिक्षार्थीका रूपमा आचार्यले सुरु गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij