
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने नेपाल वायु सेवा निगमका कर्मचारीले अबदेखि खल्ती भएको लुगा लगाउन नपाउने भएका छन् ।
यात्रुहरूको लगेज फुटेकोजस्ता गुनासा आएपछि निगमले कर्मचारीलाई खल्ती भएका लुगा लगाउन रोक लगाएको छ । ब्यागेज ओसारपसार गर्ने ट्रलीहरूमा बार तथा चेन लगाइएको पनि निगमले जनाएको छ ।
साथै वर्षातको पानीबाट लगेजलाई जोगाउन ट्रलीमा छानासमेत लगाइएका छन् । विमानस्थलको ब्यागेज ह्याण्डलिङ युनिटलाई लगेजसम्बन्धी गुनासा सुनुवाइका लागि सक्रिय गराइएको पनि निगमको भनाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij