Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

चितवनको टाइगरल्याण्ड रिसोर्टमा भीषण आगलागी

चितवनको टाइगरल्याण्ड रिसोर्टमा भीषण आगलागी

  • काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका-२३ जगतपुरमा रहेको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ । बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    images
    images
    images

    रिसोर्टका ३ वटा सेमिनार हलमा आगलागी भएको छ । आगोले हलको छानो, भित्रका फर्निचर र अन्य सामाग्री नष्ट भएको छ । आगो निभाउन भरतपुर महानगरपालिकाका २ दमकल पुगेका छन् ।

    चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितकाअनुसार इलाका प्रहरी कार्यालय गीतानगरको टोलीले दमकल र स्थानीय वासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij