Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

ठगी नियन्त्रण गर्न विभागले बनायो तीन वटा अनुगमन समिति

ठगी नियन्त्रण गर्न विभागले बनायो तीन वटा अनुगमन समिति

  • काठमाडौँ । वैदेशिक रोजगार विभागले ठगी नियन्त्रणका लागि अनुगमनलाई प्रभावकारी बनाउन भन्दै छुट्टा छुट्टै तीन वटा अनुगमन समिति गठन गरेको छ ।

    images
    images
    images

    अनुगमनलाई नियमित, व्यवस्थित बनाउन ठगी नियन्त्रण गर्ने उद्देश्यले विभागका निर्देशकहरूको संयोजकत्वमा अन्य अधिकृत र कर्मचारीहरू सदस्य रहने गरी तीन वटा अनुगमन समिति बनाइएको विभागले जनाएको छ ।

    म्यानपावर कम्पनी, अभिमुखीकरण तालिम प्रदायक लगायत वैदेशिक रोजगारको प्रक्रियासँग प्रत्यक्ष जोडिएका निकायहरूको अनुगमन यो अनुगमन समितिले गर्नेछ ।

    विभागबाट खटिएको टोलीलाई आवश्यक कागजात, विवरण तथा जानकारी उपलब्ध गराई अनुगमन कार्यलाई सहयोग पुर्‍याउने विभागले अनुरोध पनि गरेको छ । विभागले अब हुने अनुगमन नतिजामुखी हुने बताएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij