
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठान सानो गौचरन काठमाडौंले विभिन्न विषय समूहका अनुसन्धानकर्ता र सहअनुसन्धानकर्ता मागेको छ। विकास, पूर्वाधार तथा आर्थिक मामिला, शासकीय प्रवन्ध तथा सार्वजनिक सेवा प्रवाह, राजनीतिक र सामाजिक मामिला, राष्ट्रिय हित, परराष्ट्र नीति तथा सामरिक मामला, विज्ञान, प्रविधि तथा वातावरण, सूचना तथा ज्ञान व्यवस्थापनमा एक/एकजना अनुसन्धानकर्ता मागेको हो । यस्तै विकास पूर्वाधार तथा आर्थिक मामला र शासकीय प्रवन्ध तथा सार्वजनिक सेवा प्रवाहमा एक/एक जना सहअनुसन्धानकर्ता गरी कूल ८ पदमा दरखास्त आह्वान भएको छ। मंसिर २९ गतेभित्र दरखास्त बुझाउनुपर्ने समय छ । परीक्षा दिन एक हजार शुल्क लाग्नेछ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij