Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

चार डीआईजी भए एआईजीमा बढुवा

चार डीआईजी भए एआईजीमा बढुवा

  • काठमाडौँ । सरकारले नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डिआइजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । बढुवा समितिले गरेको सिफारिस अनुसार शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले बढुवाको निर्णय गरेको हो ।

    images
    images
    images

    डीआईजीहरू सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ एआईजीमा बढुवा हुने भएका छन् । गत असारमा १७ जना डिआइजीमा बढुवा भएका थिए ।

    ती मध्ये ८ जना एआईजी बनेका हुन् भने डिआइजी भएका वसन्तबहादुर कुँवर आइजिपी भएका छन् । आज बढुवा भएका एआईजीहरू कार्य विभाग, अपराध अनुसन्धान विभाग, मानव स्रोत विभाग र प्रदेश समन्वय विभागमा पदस्थापन हुनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij