
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौँ । पहिचानको आधारमा प्रदेशको नामकरणको माग गर्दै नेकपा माओवादी केन्द्रनिकट विभिन्न जनवर्गीय संगठनहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापनपत्र पेश गरेका छन् ।
किराती राष्ट्रिय मुक्ति मोर्चा नेपाल, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा लगायतका जातीय मुक्ति मोर्चाका पदाधिकारी सहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापन पत्रमा प्रदेशको नामाकरण कोशी भएपछि उत्पन्न परिस्थित र त्यसको तत्काल वार्ताबाट हल गर्न र आन्दोलनको क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न उल्लेख गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij