
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रिपोमार्फत २० अर्ब रुपैयाँ तरलता प्रवाह गर्ने भएको छ । राष्ट्र बैंकले १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो ।
रिपोका लागि बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बैंकले बोलकबोल गर्नेछ । सो बोलकबोलमा बैंक तथा वित्तीय संस्था सहभागी हुन सक्नेछन् । जारी हुने यो रिपो आगामी वैशाख ७ गते परिपक्व हुने केन्द्रीय बैंकले जनाएको छ ।
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा केन्द्रीय बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न केन्द्रीय बैंकले रिपो जारी गर्दै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij