Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

नेपालमा अहिलेसम्मकै ठूलो आइपीओ माघ २ गतेदेखि आउँदै

नेपालमा अहिलेसम्मकै ठूलो आइपीओ माघ २ गतेदेखि आउँदै

  • काठमाडौँ । आगामी माघ २ गतेदेखि नेपाली बजारमा अहिलेसम्मकै सबैभन्दा आइपीओ आउने भएको छ ।

    images
    images
    images

    नेपाल इन्फ्रास्ट्रकचर बैंक ‘निफ्रा’ले माघ २ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको हो । बैंकले  एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गर्नेछ। कुल आइपीओको ५ प्रतिशत सामुहिक लगानी कोषको लागि छुट्याईएको छ भने कर्मचारीलाई  ०.०२ प्रतिशत शेयर छुट्याईएको छ।  बाँकी रहेको शेयर सर्वसाधारणको लागि निष्काशन हुनेछ ।

    आवेदन गर्नेले ६० देखि ८० कित्तासम्म सेयर पाउने सम्भावना छ । बैंकले भोलि मंगलवार आह्वान पत्र प्रकाशित गर्दैछ।

    नेपाल धितोपत्र बोर्डले बैंकलाई पुस १० गते शुक्रवार आइपीओ निष्काशनको अनुमति दिएको थियो । हाल बैंकको चुक्ता पुँजी १२ अर्ब रहेकोमा आइपीओ निष्काशनपछि पुँजी २० अर्ब पुग्ने छ । आइपीओ निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

    चालु वर्षको पहिलो त्रैमास अनुसार बैंक १८ करोड रुपैयाँ नाफामा छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij