
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौँ । नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ । चैत १७ गते गृह मन्त्रालयको निर्णयानुसार दुई जना डीआईजीहरू सरुवा गरिएको हो । डीआईजीहरू उमेशराज जोशीलाई प्रदेश प्रहरी कार्यालय लुम्बिनी र किरण राणालाई बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।
यसअघि जोशी प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागअन्तर्गत अपराध अनुसन्धान निर्देशनालयमा र राणा साइबर ब्यूरो भोटाहिटीमा कार्यरत थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij