
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्वर्णिम वाग्ले र रमेश खरेललाई प्रारम्भिक उम्मेदवारमा राखेको छ । १० वैशाखमा उपचुनाव हुने तीन क्षेत्रको उम्मेदवारका लागि पार्टीमा हुने प्राइमरीका लागि रास्वपाले ६ जनाको नाम सार्वजनिक गरेको हो । चितवन २ मा पार्टी सभापति रवि लामिछाने मात्र उम्मेदवार छन् ।
तनहुँ १ मा डा. स्वर्णिमसँगै ईश्वर लामिछाने र डा. रुपक विक घिमिरे उम्मेदवार छन् । यस्तै, बारा २ मा रमेश खरेल र युवराज न्यौपाने छन् ।
रास्वपाका अनुसार पार्टी विधानअनुसार हुने प्रारम्भिक निर्वाचनमा सबभन्दा बढी मत पाउनेलाई आगामी चुनावमा पार्टीले टिकट दिनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij