Logo

Jun 07 2025 | २०८२, जेठ २४ गते

Jun 07 2025 | २०८२, जेठ २४ गते

ललितपुर मेयर महिला च्याम्पियनसीपको उपाधि एपीएफलाई

ललितपुर मेयर महिला च्याम्पियनसीपको उपाधि एपीएफलाई

  • काठमाडाैं । ललितपुर मेयर्स कप महिला च्याम्पियनसिपको उपाधि एपीएफ क्लबलले जितेको छ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको प्रतियोगितामा एपीएफले कोशी प्रदेशलाई ५४ रनले पराजित गरेको हो। एपीएफले दिएको १५५ रनको लक्ष्य पछ्याउने क्रममा कोशीले ६ विकेटको क्षतिमा १०० रन मात्रै बनाउन सक्यो।

    images
    images
    images

    कोशीका लागि कप्तान रुविना क्षेत्रीले ३५, लकिता राजवंशीले २१ र अप्सरा बेगमले १० रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

    images

    एपीएफका लागि विनु बुढाले दुई, नरी थापा, सोनु खड्का र रेखा रावलले एक-एक विकेट लिए। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले सीता राना मगरले ७९, इन्दु बर्माले ५१ र ज्योती पाण्डेले दुई रन बनाइन्। मगर र बर्माले दोस्रो विकेटका लागि १३६ रनको कीर्तिमानी साझेदारी गरे।

    कप्तान मगरले ६८ बलमा नौ चौका र दुई छक्का प्रहार गरिन्। त्यस्तै, बर्माले ४१ बलमा पाँच चौका र एक छक्का प्रहार गरिन्।

    कोशीका लागि अलिषा खड्काले एक विकेट लिइन्। अन्य बलर महंगा सावित भए।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij