
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं। साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालकी गोलकिपर सुजाता तामाङ उत्कृष्ट घोषित भएकी छन् । साबिक विजेता नेपालले भने चार खेलमा चार अङ्क जोड्दै प्रतियोगिता अन्त्य गर्यो ।
आमन्त्रित टोली रुस शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो । नेपालले प्रतियोगितामा भुटानलाई मात्र हराउन सक्यो । प्रतियोगितामा भारतकी सिल्जी साजीले ८ गोल गर्दै प्रतियोगिताको सर्वाधिक गोलकर्ता बनिन् । रुसकी एलिना गोलिकले ‘मस्ट भ्यालुएभल खेलाडी’को उपाधि हात पारिन् ।
दोस्रो बनेको भारतले फेयर प्ले अवार्ड पनि हात पार्यो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij