Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

प्रधानमन्त्रीले मिटरब्याज पीडितसँग भेट्ने

प्रधानमन्त्रीले मिटरब्याज पीडितसँग भेट्ने

  • काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिटरब्याज पीडितसँग भेट्ने भएका छन् । उनीहरुको मागका बारेमा बुझ्न चार ससदस्यीय टोलि बनाइएको छ । चार सदस्यीय टोलीले उनीहरुलाई भेटेपछि प्रधानमन्त्री प्रचण्डले भेट्ने समय तय गरिने प्रचण्डका स्वकीय सल्लाहकार रमेश मल्लले बताए ।

    images
    images
    images

    चार सदस्यीय टोलीमा गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा रहेका छन् ।

    मिटरव्याज पीडितहरु महोत्तरीबाट ११ दिन पैदल हिँडेर न्याय माग्नका लागि हिजो काठमाडौं आइपुगेका थिए । उनीहरुले काठमाडौंमा पनि खुल्ला आकाशमा रात विताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij