Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

जनमत पार्टीले तोक्यो ६ जिल्लामा इन्चार्ज

जनमत पार्टीले तोक्यो ६ जिल्लामा इन्चार्ज

  • काठमाडौँ । जनमत पार्टीले मधेसका ६ जिल्लामा आफ्नो पार्टीको इन्चार्ज तोकेको छ । जिल्लामा पार्टीको काम कारबाही अगाडि बढाउन र सङ्गठन विस्तार गर्ने गरी जिल्ला समिति गठन गर्न इन्चार्जको जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ ।

    images
    images
    images

    अध्यक्ष सीके (चन्द्रकान्त) राउतले पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहाको इन्चार्ज तोकिएको जानकारी दिनुभयो । पर्सामा माधवप्रसाद सिंह इन्चार्ज, ओमप्रकाश सर्राफ संयोजक र मुकेश द्विवेदी सहसंयोजक तोकिएको उहाँले जानकारी दिनुभयो । 

    यसका साथै रौतहटमा वृजकिशोर यादव, सर्लाहीमा श्रीचनराय यादव, महोत्तरीमा सौरभ साह, धनुषामा सुरेन्द्र मण्डल र सिरहामा विनोद यादव इन्चार्ज तोकिएको सो पार्टीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij