
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । नव नियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुवँरले अपराध र अपराधीसँग सम्झौता नगर्ने बताएका छन् । आज (आइतबार) गृहमन्त्रालयमा कुँवरलाई आईजीपीको दर्ज्यानी चिह्न लगाइएको थियो ।
प्रहरीमा सुधार आवश्यक रहेको भन्दै आईजीपी कुवँरले आफ्नो कार्यालयमा प्रहरीमा हुने गल्ती कमजोरीलाई सुधार्ने प्रतिबद्धता गरेका छन् । आईजीपीले कार्यक्षमता मूल्यांकनका आधारमा प्रहरीको क्षमतामा अभिवृद्धिलागायत विषयमा विशेष ध्यान दिने बताए ।
उनले देशमा भएका नयाँ नयाँ अपराधको चुनौती थपिएको र देशमा सुरक्षाको अमनचयन र गुनासो नआउने गरी काम गर्ने प्रतिबद्धतासमेत गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij