Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

नेपाल कराँते महासंघको अध्यक्षमा युवराज लामा निर्विरोध निर्वाचित

नेपाल कराँते महासंघको अध्यक्षमा युवराज लामा निर्विरोध निर्वाचित

  • काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्य सचिव एवं कराँतेका संस्थापक मध्येका एक युवराज लामा नेपाल कराँते महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । राखेपले बिहीबार लामाको अध्यक्षतामा २१ सदस्यीय कराँते महासंघको तदर्थ समिति गठन गरेको हो ।

    images
    images
    images

    गठन भएको तदर्थ समितिको सह-अध्यक्षमा दावा गुरुङ, उपाध्यक्षमा पुरेन्द्रविक्रम लाखे, महासचिवमा हरिशरण केसी, सहमहासचिवमा ओमकृष्ण प्रसाईं, सचिवमा श्याम शेर्पा, बलराम मित्र र कोषाध्यक्षमा सानुलाल श्रेष्ठ रहेका छन् । राखेपले तदर्थ समितिलाई बैशाख १२ गतेभित्र विधान मस्यौदा तयार गरेर राखेपको स्वीकृतिमा साधारणसभा र निर्वाचन गर्न निर्देश गरिएको छ । 

    राष्ट्रिय खेलकुद विकास ऐनअनुसार राष्ट्रिय खेल संघलाई निर्वाचनमा लैजाने तयारीअनुसार राखेपले लामाको नेतृत्वमा कराँते महासंघको तदर्थ समिति गठन गरेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij