Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

कुँवर बने प्रहरी संगठनको नयाँ कमाण्डर

कुँवर बने प्रहरी संगठनको नयाँ कमाण्डर

  • काठमाडौँ । प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्त भएका छन् । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरलाई आईजीपी नियुक्त गरेको हो । 

    images
    images
    images

    कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक बन्न सफल भएका छन् । २०५१ चैत ५ मा कुँवर इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । आईजीपी नियुक्त गर्दा सरकारले यस पटक वरीयता कायम राखेको छ ।

    वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षकमा बढुवा हुँदा कुँवर एक नम्बर वरियतामा बढुवा भए । मन्त्रिपरिषद्ले कुँवरसहित ५ जनालाई चैत ६ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको थियो । एआईजी हुँदा पनि कुँवर एक नम्बर वरियतामा थिए ।
     
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij