Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

आईजीपीसहित ९ उच्च प्रहरी अधिकृतको बिदाइ आज

आईजीपीसहित ९ उच्च प्रहरी अधिकृतको बिदाइ आज

  • काठमाडौँ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहसहित ९ जना उच्च प्रहरी अधिकृत शनिवारबाट अवकाशमा जाँदैछन् । अवकाश हुन लागेका आईजीपी सिंह सहितका उच्च अधिकृतहरूलाई प्रहरी प्रधान कार्यालयमा बिदाइ गरिँदै छ । मध्यान्ह ४ बजे आईजीपी सिंह र अरू अवकाशमा जान लागेका उच्च अधिकारीहरूलाई बिदाइ कार्यक्रम राखिएको छ । 

    images
    images
    images

    प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह उनको ब्याचका ९ जना अवकाश हुँदैछन् । अवकाश हुनेमा ३ जना प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी०, ३ जना डिआइजी र दुईजना एसएसपी छन् । अवकाश हुनेमा एआईजीहरु सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी छन् । डिआइजीहरू नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ पनि अवकाशमा जाँदै छन् ।

    २०४९ चैत ११ मा सेवा प्रवेश गरेका प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० उमाशङ्कर पञ्जियार र जनकराज पाण्डे पनि सेवा निवृत्त भएका छन् । ३० वर्षे सेवा अवधिका कारण उनीहरू अवकाशमा गएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij