
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । नेपाल कमर्स क्याम्पसमा शनिवार स्ववियु निर्वाचन हुने भएको छ । विद्यार्थी संगठनहरुको तालाबन्दीका कारण चैत ५ गते निर्वाचन हुन सकेको थिएन । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भइसकेपछि स्थगित भएको थियो ।
त्रिविको निर्देशन बमोजिम चैत १२ भित्र निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले क्याम्पस प्रशासन र विद्यार्थी संगठनबीच भएको सहमति अनुसार चैत ११ गते निर्वाचन हुने भएको हो । शनिवार बिहान ८ बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएको क्याम्पस प्रमुख प्राध्यापक ध्रुव प्रसाद सिलवालले जानकारी दिए ।
निर्वाचन कार्यलाई शान्तिपूर्ण, भयरहित वातावरणमा सम्पन्न गराउन सहयोग गर्न सबैमा अनुरोध गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij