Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

नेपाली पात्रो र तोयनाथ पात्रो बीच सहकार्य

नेपाली पात्रो र तोयनाथ पात्रो बीच सहकार्य

  • काठमाडौं । नेपाली पात्रो र तोयनाथ पात्रो बीच सहकार्य भएको छ । विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग मार्फत सेवा गर्दै आएको नेपालको पहिलो आधिकारिक सर्वाधिक बिषयले सुसज्जित राष्ट्रिय पञ्चाङ्ग बीच सहकार्यका लागि सम्झौता भएको छ ।

    images
    images
    images

    तोयनाथ पञ्चाङ्ग विगत १३५ बर्षदेखि नेपालमा निरन्तर प्रकाशित हुँदै आएको सर्वाधिक विश्वासिलो पञ्चाङ्ग तथा सजिलो क्यालेण्डर हो । प्रविधिको विकास सँगै एण्ड्रोइड तथा आइफोन जस्ता स्मार्टफोनमा नेपाली प्रयोगकर्ताहरुले खोज्ने प्रमाणित पञ्चाङ्ग साइत, लग्न, चाडबाड तथा तिथी मितीको विश्वस्नीय छापा संस्करण तोयनाथ पञ्चाङ्ग र नेपालीद्वारा नेपालीकै लागि तयार पारिएको मोबाइल एप्लिकेशन ‘नेपाली पात्रो’बीच सहकार्य भएको हो ।

    तोयनाथ पञ्चाङ्गका सम्पादक आदरणीय गुरु सूर्यनाथ पन्तले यस सहकार्यलाई नयाँ र पुरानो पुस्ताबीचको ज्ञान आदान(प्रदानको बहाना मिलेको बताउनुभयो ।

    नव वर्ष २०८० सालको क्यालेण्डर सहितको तोयनाथ पञ्चाङ्ग समेटिएको अपडेट ल्याउनका लागि अहिले नेपाली पात्रोको प्राविधिक टोलीले कार्य गरिरहेको छ । यही चैत्र महिनाभित्र तोयनाथ पञ्चाङ्ग समेटिएको नेपाली पात्रोको अपडेट सार्वजनिक गर्ने तयारी रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij