
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौँ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-१ लौहकिन्थलीस्थित मझेरी क्याफेबाट १६ जना जुवातास खेलेको आरोपमा पक्राउ परेका छन् ।
पक्राउ परेकाहरूमध्ये १३ जना ४० वर्षभन्दा कम उमेर समूहका रहेका छन् । तिनीहरुमध्ये दुईजना भारतिय नागरिक रहेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक वसन्त पाठकका अनुसार उनीहरूको साथबाट १६ बुक तास र ३ लाख बढी नगदसमेत बरामद गरिएको छ ।
सिन्धुपाल्चोकको चौतारा सागाचोक गढीका-३९ वर्षीय दिलीप गिरीले सञ्चालन गरेको क्याफेबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij