
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । टेक्सस नेपाली समाजका पूर्वअध्यक्ष कृष्ण लामिछाने आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् । प्रहरीले मृत्युको कारण पत्ता लगाउन लामिछानेको शवलाई पोष्टमार्टमका लागि अस्पताल लगेको छ ।
पछिल्लो एनआरएनए अमेरिकाको अध्यक्षका लागि भएको चुनावमा लामिछाने पराजित भएका थिए । उनी जनसम्पर्क समिति अमेरिका स्थापनामा पनि सक्रिय थिए । उनी सक्रिय सामाजिक अभियन्ताको रुपमा पनि परिचित थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij