Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

अञ्जनको कमाण्डमा खुलेका यी अनुहार

अञ्जनको कमाण्डमा खुलेका यी अनुहार

  • काठमाडौं। नेपाल उद्योग वणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको लागि अञ्जन श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । चैत २८ र २९ मा हुने महासंघको निर्वाचनको लागि उनले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

    images
    images
    images

    महासंघमा वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्था छ । यसअघि वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका चन्द्रप्रसाद ढकालले चैतपछि महासंघको नेतृत्व गर्नेछन् । ३ वर्षे कार्यकाल रहने महासंघमा अबको निर्वाचनमा विजयी हुनेले नेतृत्व गर्नेछ ।

    उनीसँगै उनको प्यानल पनि घोषणा भएको छ । जसमा जिल्लागत उपाध्यक्षमा अरुणराज सुमार्गी उम्मेदवार रहने भएका छन् । त्यस्तै एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा मनिष प्रधानको उम्मेदवारी रहने श्रेष्ठले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij