काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६५८ जनाको एन्टिजेन परीक्षणबाट उक्त संख्यामा संक्रमण भएको छ ।
यस अवधिमा २ जना कोरोनामुक्त भएका छन् । हाल देशभर १८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।