Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

उपराष्ट्रपति यादवद्वारा पदबहाली

उपराष्ट्रपति यादवद्वारा पदबहाली

  • काठमाडौँ । लैनचौरस्थित कार्यालयमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले पदबहाली गरेका छन् । आज राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिए लगत्तै उपराष्ट्रपति यादवले उपराष्ट्रपतिको कार्यालय हरितगृह, लैनचौर पुगेर पदबहाली गरेका हुन् ।

    images
    images
    images

    उपराष्ट्रपति कार्यालयका सूचना अधिकारी (उपसचिव) प्रविण पौडेलका अनुसार उपराष्ट्रपतिले पदबहाली गरेर औपचारिकरुपमा जिम्मेवारी सम्हालेका छन् । पदबहालीपछि उपराष्ट्रपतिलाई कार्यालयकोतर्फबाट सचिव टेकनारायण पाण्डेले ‘ब्रिफिङ’ गरेका थिए ।

    पदबहालीपछि उपराष्ट्रपति यादवले कार्यालय परिसरमा वृक्षरोपणसमेत गरेका थिए । यही चैत ३ मा यादव मुलुकको तेस्रो उपराष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij